NewsKoseli.Com

ढुङ्गानाले पाउने भइन् बीपी साहित्य पुरस्कार

बीपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान तथा पुरस्कार वरिष्ठ लेखिका भुवन ढुङ्गानालाई दिइने भएको छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य बलदेव शर्मा मजगैयाँ, डा. धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसहितको निर्णायक समितिले यस वर्षको साहित्यिक सम्मान ढुङ्गानालाई प्रदान गर्ने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिएका छन् ।

यसैगरी यस वर्षको प्रजातन्त्र सेनानी सम्मान प्रजातान्त्रिक सङ्घर्षका अथक योद्धा श्यामलाल श्रेष्ठलाई प्रदान गर्ने निर्णय भएको छ । साहित्य सम्मान तथा पुरस्कारको राशि १ लाख १ हजार रूपैयाँ रहेको छ भने सेनानी सम्मानको रकम २५ हजार रूपैयाँ रहेको छ ।

पुरस्कार तथा सम्मान भदौ २२ गते बीपी कोइरालाको १०२औं जन्म दिवसका अवसरमा शङ्कर होटलमा प्रदान गरिने महासचिव पोखरेलले बताए ।

बीपी कोइरालाको शतवार्षिकीदेखि प्रदान हुँदै आएको सम्मानमध्ये २०७१ को साहित्य सम्मान रत्नशम्शेर थापा र २०७२ को गोपाल पराजुलीलाई प्रदान गरिएको थियो ।

यस्तै सेनानी सम्मान २०७१ को नुतन थपलिया र २०७२ को तारानाथ कोइरालालाई प्रदान गरिएको ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर