NewsKoseli.Com

राजधानीमा भव्य बालप्रतिभा प्रतियोगिता हुँदै

पुस ९ र १६ मा अडिसन, माघ ७ मा फाइनल

काठमाडौं, ११ मंसिर ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा माघ ७ गते अपराह्न २ बजेदेखि भव्य बालप्रतिभा प्रतियोगिता हुने भएको छ ।

‘जी–एलेभेन’ नामक संस्थाको आयोजनामा हुन लागेको ‘किन्डरगार्टेन ग्लोरी नेपाल’ शीर्षकको बालप्रतिभा प्रतियोगिताका लागि पुस ९ र १६ गते नयाँबजारस्थित ‘गिनोज गार्डेन’ रेस्टुरेन्ट तथा पार्टी प्यालेसमा ‘अडिसन’ हुने भएको छ ।

कार्यक्रममा सहभागी हुन चाहने बालबालिकाहरुले पुस ८ गतेभित्र आयोजक संस्थामा नाम दर्ता गराइसक्नु पर्ने जानकारी कार्यक्रमका संयोजक भक्त राईले न्युजकोसेलीलाई दिएका छन् । अडिसनस्थल ‘गिनोज गार्डेन रेस्टुरेन्ट’ मा सम्पर्क राखी नाम दर्ता गराउनुपर्ने अर्का अायाेजक तेजकुमार श्रेष्ठले बताए ।

g_11_poster_for_site

आसपासका विद्यालयहरुमा समेत प्रतियोगी सहभागिताका निम्ति फर्म उपलब्ध गराइएको आयोजक पक्षले जनाएको छ । सामान्यतः एलकेजीदेखि कक्षा एकसम्म अध्ययनरत बालबालिकालाइ यस प्रतियोगितामा सहभागी गराइने छ ।

प्रतियोगिातामा प्रतिस्पर्धा गर्ने बालबालिकाहरुमध्ये प्रथम हुनेले नगद २० हजार रुपैयाँका साथ ताज, प्रमणपत्र र उपहार प्याकेज, द्वितीय अर्थात फर्स्ट रनरअप हुनेले १५ हजार रुपैयाँ नगद, ताज र उपहार प्याकेज तथा तृतीय अर्थात सेकेन्ड रनरअप हुनेले १० हजार रुपैयाँ नगद, ताज र उपहार प्याकेज प्राप्त गर्नेछन् । त्यसैगरी ‘पब्लिक च्वाइस’ मा पर्ने विजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् भने अन्य प्रतियोगीहरुलाई समेत विविध विधामा पुरस्कृत गरिने आयोजक पक्षले जनाएको छ ।

बालबालिकाहरुमा अन्तर्निहित विविधखाले प्रतिभा र क्षमतालाई प्रस्फुटित गराएर उनीहरुको प्रतिभा विकास र विस्तारमा सघाउ पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक भक्त राई बताउँछन् । जी–इलेभेन समूहले विगतमा पनि यसखाले थुप्रै सामाजिक–सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको छ  ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर