NewsKoseli.Com

‘कानुनका कारण निर्वाचन रोकिँदैन’: मन्त्री

 कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले तीनै निकायको निर्वाचन गर्नका लागि कानुन निर्माण तीव्र रुपले भइरहेको जनाउँदै कानुनका निर्माणका कारण निर्वाचन नरोकिने जनाएको छ । मन्त्रालयमा मङगलबार पत्रकार सम्मेलन गरी कानुन, न्याय तथा संसदीय मालिमामन्त्री अजयशङ्कर नायकले निर्धारित मितिमै स्थानीय निकायको निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरे । निर्वाचनसम्बन्धी विधेयकमा थ्रेस होल्डलगायत राष्ट्रिय विषयमा सबै दलबीच सहमति गरिने उनले स्पष्ट गरे ।

नेपालको संविधान कार्यान्वयन गर्नका लागि निर्माण गर्नुपर्ने १ सय ३८ कानुनमध्ये ३९ विधेयक पारित भइसकेको र ३७ वटा कानुन विचाराधीन अवस्थामा व्यस्थापिका–संसद्मा रहेको छ । ती चाँडै पारित हुने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए । संविधान कार्यान्वयन गर्नका लागि नयाँ बनाउनुपर्ने १ सय १० सङ्घीय कानुन, २२ प्रदेश कानुन र छ वटा स्थानीय कानुन बनाउनुपर्ने हुन्छ । तीसम्बन्धी विधेयक निर्माण अघि बढिसकेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर