NewsKoseli.Com

३ अर्ब ९१ करोडको कृषिजन्य बस्तु आयात

 भारतबाट कञ्चनपुरमा ३ अर्ब ९१ करोड ५८ लाख २४ हजार बराबरको कृषिजन्य बस्तु आयात गरिएको छ । कृषि विकास कार्यालयका अनुसार आव २०७२÷७३ देखि चालु आवको हालसम्ममा १ लाख ५ हजार ५५ मेट्रिक टन कृषिजन्य बस्तु भारतबाट आयात गरिएको छ ।

आयात गरिएका बस्तुमा खाद्यान्न सबैभन्दा बढी २५ हजार ७ सय ७२ मेट्रिक टन रहेको छ । तोरी ४ हजार ६ सय१ मेट्रिक टन, दलहन १ सय ८० दशमलव ८५, तरकारी ५ हजार ६ सय ३५ दशमलव ८४, अदुवा ३ दशमलव ३१, बर्सिम घाँसको बीउ १२ दशमलव ३१ तथा आलु १९ हजार २ सय ८६ दशमलव ६ मेट्रिक टन आयात गरिएको वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले जानकारी दिए।

यसैगरी पशु दाना ३३ हजार ९ सय ३५ दशमलव ७ मेट्रिक टन, बोटबिरुवा ४३ हजार २ सय ५९ र फलफुल ११ हजार १ सय २७ दशमलव ६ मेट्रिक टन आयत गरिएको छ ।सोही अवधिमा रिठा २५ दशमलब एक मेट्रिक टन, अमला ५, काउलो बोक्रा १२ दशमलव ३, दालचिनी सात दशमलव ३, तेजपात ६९ दशमलव १, कचुर जरा शून्य दशमलव ९, टिमुर शून्य दशमलव ७ मेट्रिक टन र पिना ५७ दशमलव ५ मेट्रिक टन भारत निर्यात गरिएको छ । भारततर्फ निर्यात भएका बस्तुको मूल्य ७० लाख ४२ हजार रहेको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर