NewsKoseli.Com

राजनीतिक निर्णय हो, मेरो भन्नु केही छैन : राजदूत उपाध्याय

काठमाडौं

भारतका लागि नेपालका निवर्तमान राजदूत दीपकुमार उपाध्यायले आफूलाई फिर्ता बोलाउने सरकारको निर्णय राजनीतिक भएकाले त्यसमा आफ्नो भन्नु केही नरहेको प्रतिक्रिया दिएका छन् ।

सरकारको निर्णयअनुसार आज स्वदेश फर्कनुभएका राजदूत उपाध्यायले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको निर्णयलाई आफूले सहज रुपमा लिएको पनि बताए ।

राजदूत पदमा १३ महिना पाँच दिन बिताएका राजदूत उपाध्यायले पदमा रहँदा भारतीय सिमानामा उत्पन्न आपूर्तिको असहज अवस्थालाई सामान्य बनाउन सक्दो प्रयास गरेको बताए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर