NewsKoseli.Com

मलेशियाली जेलका १८ नेपाली प्रधानमन्त्रीको विशेष पहलमा घर आइपुगे

काठमाडौं, ९ वैशाख ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशन र परराष्ट्र मन्त्रालयको पहलमा मलेसियाको बुकिट जलिल क्याम्पमा रहेका १८ नेपालीको उद्धार गरिएको छ ।

विदेशमा रहेका नेपालीका समस्यालाई उच्च प्राथमिकता दिएर उद्धार र राहतको काम गरिरहेको बताउँदै आएको सरकारले शुक्रबार १८ नेपालीको उद्धार गरेको प्रधानमन्त्री कार्यालयबाट प्राप्त खबरमा उल्लेख छ ।

विभिन्न मितिमा मलेसिया पुगेका उनीहरुलाई व्यक्तिहत्यालगायतका अभियोगमा पक्राउ गरी बुकिट जलिल क्याम्पमा राखिएको थियो । त्यसबारे जानकारी पाएलगत्तै प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सम्वद्ध अधिकारीहरुलाई बोलाएर उनीहरुको स्थिति बुझ्न र छिटै उद्धार गर्न विशेष निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि परराष्ट्र मन्त्रालयले उद्धारको पहल गरेको थियो । सरकारको कूटनीतिक पहल र परराष्ट्र मन्त्रालयको समन्वयपछि उनीहरुलाई उद्धार गरी वैशाख ८ मा नेपाल ल्याइएको हो । १८ नेपालीको उद्धारका लागि नेपाल सरकार आफैंले हवाई टिकटको व्यवस्था गरेको थियो ।

उद्धार गरी नेपाल ल्याइएका नेपालीहरु बाँकेका शानबहादुर बुढा मगर, खोटाङका ईश्वर विश्वकर्मा, रामेछापका लाक्पाछिरी शेर्पा, मकवानपुरका सुब्बासिंह मोक्तान, बाराका सिंहबहादुर मोक्तान, ताप्लेजुङका राजेशकुमार वानेम, दाङका सुमन कुमाल, पाँचथरका फडिन्द्रबहादुर कटुवाल, सल्यानका पुष्कर बुढाथोकी, मकवानपुरका ज्ञानबहादुर मोक्तान, रुपन्देहीका अमरजित कब्रिन, पाल्पाका प्रकाश थापा, ओखलढुंगाका सुवास राई, रोल्पाका नरबहादुर घर्ती, मकवानपुरका कुमार भुलुन, रामेछापका कुमार लामा, काठमाडौंका ईश्वरी लामा तामाङ र बाँकेका सञ्जयकुमार नाउ हुन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर