NewsKoseli.Com

साउद, शेर्पा र श्रेष्ठले पाए प्रशान्त प्रतिभा छात्रवृत्ति

काठमाडौं, १ भदौ ।

यस वर्षको ‘प्रशान्त प्रतिभा छात्रवृत्ति’ ललितकला क्याम्पसका प्रदीपपल साउद, सिर्जना कलेज अफ फाइन आर्टसका छिरिङ छाम्बेल शेर्पा र काठमाडौं विश्वविद्यालयका सुशांक कलाप्रेमी श्रेष्ठलाई प्रदान गरिएको छ ।

प्रशान्त स्मृति समाजले त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयको स्नातक तहमा ललितकला विषयमा उत्कृष्ट अंक ल्याएका ती विद्यार्थीलाई हालै आयोजित कार्यक्रममा छात्रवृत्तिवापत १५ हजार रूपैयाँसहित प्रशंसापत्र प्रदान गरेको हो ।

छात्रवृत्ति प्रदान गर्दै कवयित्री ग्रेटा राणाले सामाजिक रुपान्तरणका लागि कला तथा साहित्यको महत्वपूर्ण भूमिका हुने बताइन् । कलाकारका सिर्जनाले समाजलाई सकारात्मक परिवर्तनतर्फ डोर्‍याउन सक्ने बताउँदै यसबाट मुलुकको राष्ट्रिय एकता र सद्भावमा योगदान पुग्ने उनले बताइन् ।

समाजका अध्यक्ष वर्षगोपाल वैद्यले ललितकला क्षेत्रको विकासका लागि विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कारक स्थापना गरिएको जानकारी दिए । चित्रलेखनमा क्रियाशील कलाकार प्रशान्त श्रेष्ठको ३१ वर्षको उमेरमा २०५६ मा निधन भएपछि उनको स्मृतिमा सो छत्रवृत्ति स्थापना गरिएको हो ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर