NewsKoseli.Com

होलिया खडैचामा तरुण दलले बाँड्यो राहत

नेपालगञ्ज, ११ भदौ ।

बाढीका कारण कष्टकर जीवनयापन गरिरहेका बाँके राप्तीपारि डुडुवा गाउँपालिकास्थित होलिया खडैचाका बाढीपीडितलाई नेपाल तरुण दलले राहत साम्रगी वितरण गरेको छ ।

ओमकुमारी शान्ति कोष म्याग्दीको सहयोगमा तरुण दल बाँकेले राप्तीपारिका जनतालाई राहत वितरण गरेको हो । राहत वितरण गर्न बाँके कांग्रेसका शीर्ष नेताहरु समेत खडैचा पुगेको तरुण दल बाँकेका सहसचिव विमल चन्दले बताए ।

चन्दका अनुसार डुडुवा गाउँपालिकाको १ र २ नम्बर वडाका करिव ६ सय परिवारलाई झुल वितरण गरिएको छ । विदेशमा भएका नेपाली र अन्य सहयोगीमार्फत संकलन गरिएको रकमबाट झुल वितरण गरिएको चन्दले बताए ।

Tarun Dal_Rahat

राहत वितरण गर्न कांग्रेस बाँकेका सभापति किरण कोइरलालगायतको टिम बाढी प्रभावित क्षेत्रमा पुगेको थियो । तराईका जनताले अप्ठ्यारो अवस्थाको सामना गरिरहेका बेला जनताका हरेक परिस्थितिमा नेपाली कांग्रेस साथमै रहेको सन्देश दिनका लागि राहत वितरण गरेको सहसचिव चन्दले बताए ।

उनले भने– ‘राप्तीपारिका बाढीपीडितलाई राहत सही समयमा पुग्नुपर्छ भनेर हामी लागिरहेका छौं । सरकारको राहतले मात्र जनताको समस्या समाधान गर्न कठिन छ । यस्तो अवस्थामा सबै क्षेत्रका व्यक्ति–संस्थाले सहयोग गर्नु जरुरी छ ।’ तरुण दल बाँके बाढी प्रभावित अन्य क्षेत्रमा समेत राहत वितरणमा सक्रिय रहेको सहसचिव चन्दले बताए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर