NewsKoseli.Com

सबै विद्यार्थी नेता–कार्यकर्ता समान : प्रवक्ता भुसाल

काठमाडौं, १३ भदौ ।

नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलन त्रिवि परिसर कीर्तिपुरमा जारी छ ।

विधान, प्रतिवेदनलगायतका दस्तावेज केही दिनअघि नै पारित भइसकेको क्रान्तिकारीको सम्मेलनमा नेतृत्व चयनको कार्यसूची मात्रै बाँकी छ । घोषित कार्यतालिका अनुसार मंगलबार क्रान्तिकारीको केन्द्रीय नेतृत्व चयनका निम्ति निर्वाचन प्रक्रिया सुरू भर्इ बुधबार चुनाव हुँदैछ ।

निर्वाचनको पूर्वसन्ध्यामा प्रेस नोट जारी गर्दै नेकपा (माओवादी केन्द्र) की प्रवक्ता पम्फा भुसालले पार्टी सर्वसम्मत नेतृत्वको पक्षमा रहेको तर कुनै अमूक व्यक्ति वा समूहको पक्षमा नरहेको प्रस्ट्याएकी छन् ।

प्रवक्ता भुसालले भनेकी छन्– ‘अखिल (क्रान्तिकारी) को २१औं राष्ट्रिय सम्मेलनबाट नेतृत्व चयन सकेसम्म सर्वसम्मत होस् भन्ने हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) को धारणा हो । यदि सर्वसम्मत हुन नसके स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गरियोस् भनेर सुझाव दिइएको छ ।’

प्रवक्ता भुसालले अगाडि उल्लेख गरेकी छन्– ‘विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ताहरु पार्टीका लागि समान रहेको कुरा हाम्रो पार्टी स्पष्ट गर्दछ ।’

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर