NewsKoseli.Com

ड्राइभिङ स्कुल संघको चौथो महाधिवेशन सम्पन्न : श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति

काठमाडौं, १९ भदौ ।

ड्राइभिङ स्कुल संघ नेपालको चौथो राष्ट्रिय महाधिवेशनले रामचन्द्र श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

शनिबारदेखि आइतबार बिहानसम्म ललितपुरको धोबीघाटमा सम्पन्न महाधिवेशनले संघका दस्तावेजहरु पारित गर्नुका साथै श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले संघको वरिष्ठ उपाध्यक्षमा खगेन्द्र बुढाथोकी, उपाध्यक्षद्वयमा विष्णु विश्वकर्मा र राजकुमार गुरुङ, महासचिवमा उमेश सी.के., सचिवमा यज्ञप्रसाद चौलागाईं (राम) र कोषाध्यक्षमा बाबुकाजी महर्जन रहेको पदाधिकारी टिम चयन गरेको छ ।

संघका नवनिर्वाचित सदस्यहरूमा सूर्यप्रसाद चौलागाईं, विश्वकुमार माकजु, यादव पौडेल, शिव श्रेष्ठ, पदमकुमार सिंह, महेश पौडेल, अखिलेशकुमार साह, नकुल नेपाल, गणेश आचार्य, धनबहादुर अधिकारी, रामवरण वैश्य, फस्टबहादुर हमाल, रमेश सिंह, गोविन्दप्रसाद ढकाल, लक्ष्मी श्रेष्ठ, रमेशबहादुर सिंह, डम्बरबहादुर थापालगायत छन् ।

Driving School_OL

शनिबार संघका संस्थापक अध्यक्ष पुरुषोत्तम रेग्मीले पानसमा बत्ती बालेर अधिवेशनको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रेग्मीले कुरा गर्न वा भन्न जति सजिलो छ, काम गर्न भने उति नै कठिनाइ हुने बताए । ड्राइभिङ स्कुल संघलाई प्राविधिक शिक्षालयको रुपमा विकसित गर्नुपर्ने र राज्यले सोही अनुसारको वातावरण बनाउन पहल गर्नुपर्ने धारणा रेग्मीले व्यक्त गरे ।

देशभरका ड्राइभिङ स्कुलहरु र संघ समेतले यतिबेला प्रतिकूल अवस्थाको सामना गरिरहेको उल्लेख गर्दै रेग्मीले यस्तो अवस्थामा सबै एकताबद्ध भएर अगाडि बढ्न सकेमा समस्याको समाधान सहज हुने धारणा व्यक्त गरे । व्यवसायीको हकहितका पक्षमा निरन्तर काम गर्न सक्ने व्यक्तिहरुलाई अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्वमा पु¥याउनु आवश्यक रहेको उनले बताए ।

अधिवेशनमा संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष र सल्लाहकार सदस्यहरुलाई मायाको चिनो प्रदान गरियो । महाधिवेशनका लागि आर्थिक सहयोग गर्नेहरुलाई पनि कार्यक्रममा सम्मान गरियो ।

संघकै संस्थापक अध्यक्ष प्रमुख अतिथि बनेर महाधिवेशनको उद्घाटन हुनुलाई संस्थाले गौरवका रुपमा लिएको वक्ताहरुले बताए । अधिवेशनको खुला सत्र महासचिव खगेन्द्र बुढाथोकीको सञ्चालन र निवर्तमान अध्यक्ष मोहन गुरुङको सभापतित्वमा सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर