NewsKoseli.Com

१३ हजारभन्दा बढी वेबसाइट किन गरिए बन्द ?

चीनले हालसम्म १३ हजारभन्दा बढी ‘अवैध’ वेबसाइट बन्द गरेको छ ।  सन् २०१५ देखि अहिलेसम्म चीनले १३ हजारभन्दा बढी वेबसाइट बन्द गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार चिनीयाँ संसदको स्थायी समितिका उपाध्यक्ष वाङ सेन्ङ जुनले यस्तो जानकारी दिएका हुन् । अन्य २ हजार २ सय वेबसाइटका सञ्चालकलाई समेत बोलाएर कुराकानी गरिएको उनले बताए ।

यो अवधिमा चीनले आफ्नो देशको इन्टरनेट सेवाको आचारसंहिता उल्लघंन गरेको भन्दै करिव १ करोड इन्टरनेटका विभिन्न सेवाका एकाउन्ट बन्द गरेको छ ।

चीनले ती वेबसाइटले आतंकवादी समूहलाई सहयोग गरेको र अश्लील दृश्यको प्रयोग गरेकाले उक्त  बन्द गरिएको बताएको छ खबर बिहीबारको गोरखापत्र दैनिकको ‘सूचना-प्रविधि’ पृष्ठमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर