NewsKoseli.Com

अबदेखि खाना पकाउने ग्यासको मूल्य नबढाइने !

एक महिनामै दुई पटक इन्धनको मूल्य बढाएको सरकारले अब भने खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी गरेको छ।

ग्यासको मूल्य बढ्दा सर्वसाधारणमा धेरै असन्तुष्टि देखिएपछि आपूर्ति मन्त्रालयले तत्काल मूल्य नबढाउन गृहकार्य गरेको हो ।

आपूर्ति मन्त्री जयन्त चन्दले भने–

– अन्तर्राष्ट्रिय बजारअनुसार दुईपटक ग्यासको मूल्य समायोजन गर्दा एक महिनाभित्र ग्यासमा ५० रुपैयाँ बढ्यो ।

– आवश्यकता भए पनि बजारमा असन्तुष्टि देखियो ।

– मूल्यमा स्थिरीकरण कोषबाट रकम झिकेर भए पनि जनतालाई केही राहत दिन खोजेका छौं ।

हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढ्दै गएको छ । शुक्रबार प्रतिब्यारेल ६९.२६ अमेरिकी डलरमा कारोबार भयो । मूल्य बढेर ८० डलर पुग्ने अनुमान गरिएको छ । यसरी अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा स्वचालित मूल्य प्रणालीअन्तर्गत नेपालमा पनि मूल्य बढ्छ । तैपनि खाना पकाउने एलपी ग्यासको मूल्य नबढाउने तयारी सरकारले गरेको खबर शनिबारको कान्तिपुर दैनिकको अर्थ वाणिज्य पृष्ठमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर