NewsKoseli.Com

डेढ शताब्दीपछि माघ १७ मा ‘सुपर ब्लु ब्लड मुन’, (चन्द्रमा ठूलो देखिने)

३१ जनवरी अर्थात्, माघ १७ मा नेपाली परम्परा अनुसार एक महिनासम्म चल्ने स्वस्थानी ब्रतको समापन (माघ शुक्ल पूर्णिमा) मात्रै नभएर खग्रास चन्द्रग्रहण पनि परेको छ ।

पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण त हामीले जीवनमा पटक–पटक देखेका छौं । तर, त्यस दिन भने चन्द्रमा अघि–पछिको पूर्णिमाको रातमा भन्दा ठूलो आकारको हुनेछ ।

यस्तो चन्द्रमालाई पश्चिमा खगोलशास्त्रीले ‘सुपर मुन’ भन्ने गरेका छन् । चन्द्रग्रहण खगोल क्षेत्रमा नौलो नभए पनि ‘ब्लु ब्लड मुन’ मा खग्रास चन्द्रग्रहण भने डेढ शताब्दीपछि देखिन लागेको हो ।

यसअघि ‘ब्लु ब्लड मुन’ मा सन् १८६६ मार्च ३१ मा खग्रास चन्द्रग्रहण लागेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर