NewsKoseli.Com

सरकारले तोक्यो प्रदेश प्रमुख र ‘अस्थायी राजधानी’ (को–को हुन् ७ प्रदेशका प्रमुखहरु ?)

काठमाडौं, ३ माघ ।

सरकारले बुधबार ७ जना प्रदेश प्रमुखहरू नियुक्त गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न दाेस्राे पटक बसेको मन्त्रिपरिषदकाे बैठकले देशका सात वटा प्रदेशमा पहिलाे पटक प्रदेश प्रमुख नियुक्त गरेको हो ।

मन्त्रिपरिषदकाे यही बैठकले सातै प्रदेशका अस्थायी केन्द्र (मुकाम) पनि तोकेको छ । प्रदेश प्रमुखमा कांग्रेस, राजपा र संघीय समाजवादी फोरमले भागबन्डा गरेका छन् ।

कानुनमन्त्री यज्ञबहादुर थापाले जनाएअनुसार अनुसार प्रदेश– १ मा गोविन्द सुब्बा, प्रदेश– २ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश– ३ मा अनुराधा कोइराला, प्रदेश– ४ मा बाबुराम कुँवर, प्रदेश– ५ मा उमाकान्त झा, प्रदेश– ६ मा दुर्गाकेशर खनाल र प्रदेश– ७ मा मोहनराज मल्ल प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

यसैगरी सरकारले प्रदेश– १ को विराटनगर, प्रदेश– २ को जनकपुर, प्रदेश– ३ को हेटौंडा, प्रदेश– ४ को पोखरा, प्रदेश–५ को बुटवल, प्रदेश– ६ को सुर्खेत र प्रदेश– ७ को धनगढीमा प्रदेशसभाको पहिलो बैठक बस्ने गरी अस्थायी मुकाम तोकेको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर