NewsKoseli.Com

विप्लव, सिंह र कट्टेलहरुसँग एकता गर्न समिति : वैद्य माओवादी

काठमाडौं, ३ पुस ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले नेत्रविक्रम चन्द ‘विप्लव’, मोहनविक्रम सिंह र ऋषि कट्टेलहरुले नेतृत्व गरेका कम्युनिस्ट घटकहरुसँग पार्टी एकताको आधार पार्न समिति बनाउने निर्णय गरेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव वैद्यद्वारा बुधबार प्रेषित प्रेस विज्ञप्तिमा जनाइए अनुसार मंगलबार र बुधबार सो पार्टीको स्थायी समितिको बैठक सम्पन्न भयो । सोही बैठकले यस्तो समिति गठन गर्ने निर्णयका साथै विभिन्न राजनीतिक एवं समसामयिक निर्णयहरु लिएको हो ।

यस्तो छ महासचिव वैद्यद्वारा प्रेषित प्रेस विज्ञप्तिको पूर्णपाठ–

२०७४ माघ २ र ३ गते महासचिव कमरेड किरणको अध्यक्षतामा पार्टीको स्थायी समितिको बैठक बस्यो । बैठकमा पार्टी एकता र कार्यगत एकतालगायतका विषयका बारेमा लिइएका महत्त्वपूर्ण निर्णयहरुलाई यस प्रेसवक्तव्य मार्फत् सार्वजनिक गरिएको छः

१. पश्चगामी राज्यसत्ता तथा व्यवस्थाको प्रभुत्व कायम रहिआएको र दक्षिणपन्थी संशोधनवादको हैकम बढ्दै गएको अवस्थामा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवाद हुँदै साम्यवादतर्फ अगाडि बढ्ने नीति, कार्यक्रम तथा उद्देश्य अवलम्बन गरेका क्रान्तिकारी कम्युनिस्ट समूह तथा व्यक्तित्वहरुलाई एकताबद्ध गर्नु आजको ऐतिहासिक आवश्यकता हो । तसर्थ, यसबारे गम्भीर हुँदै क. विप्लवद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी, क. मोहनविक्रम सिंहद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टी (मसाल) तथा क. ऋषि कट्टेलद्वारा नेतृत्व गरिएको नेपाल कम्युनिस्ट पार्टीसहितका संगठनहरु र विभिन्न ठाउँमा छितरिएर रहेका क्रान्तिकारी कम्युनिस्टहरुसित पार्टी एकताका लागि आधार तयार पार्न वार्ता टोली बनाई ठोस पहल गर्ने निर्णय लिइएको छ ।

२. साथै, उक्त पार्टीहरुसित राष्ट्रियता, जनतन्त्र तथा जनजीविकालगायतका ठोस ठोस विषयमा कार्यगत एकता गरी संयुक्त रूपमा सङ्घर्षमा जानका लागि आवश्यक तयारी गर्ने निर्णय पनि लिइएको छ ।

३. लामो समयदेखि भारतीय शासक वर्गले सीमा क्षेत्रका सुस्ता, महेशपुर, कालापानीलगायत विभिन्न ठाउँमा विशाल मात्रामा नेपाली भूभाग मिच्दै आएको छ । लामो समयदेखि कयौं ठाउँमा सीमास्तम्भ गायब पार्ने काम हुँदै आएको छ । हालै विरगञ्ज महानगरपालिकाको छपकैयामा ५०औं विघा जमिन मिचेर सीमास्तम्भ सारिएका समाचार प्रकाशमा आएका छन् । यस स्थितिमा पार्टी भारतीय विस्तारवादको सीमा अतिक्रमणकारी गतिविधिको घोर विरोध तथा भर्त्सना गर्दछ र यसबारे तुरुन्तै कदम चाल्न सरकारसित जोडदार माग गर्दछ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर