NewsKoseli.Com

बादल र ज्ञवालीमध्ये को बन्लान् राष्ट्रियसभाको अध्यक्ष ?

आसन्न राष्ट्रियसभा निर्वाचनमा ३ नं. प्रदेशबाट वरिष्ठ माओवादी नेता रामबहादुर थापा ‘बादल’ र ५ नं. प्रदेशबाट एमाले उपाध्यक्ष युवराज ज्ञवालीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

मतदाता नामावली चितवनमा रहेका बादललाई नेकपा (माओवादी केन्द्र) ले खुला पुरुष कोटामा उम्मेदवार बनाउन लागेको हो । प्रदेश– ३ मा एमालेको एकल बहुमत रहे तापनि वरिष्ठ नेता बादललाई खुला कोटाबाट उम्मेदवार बनाउने गरी वाम कार्यदलको बैठकमा समझदारी भएको एक नेताले बताए ।

‘एमालेकै नेताहरूकै प्रस्तावमा उहाँ प्रदेश नं. ३ बाट खुला कोटामा उम्मेदवार बन्नुहुनेछ,’ माओवादीका एक नेताले भने– ‘पार्टीले अन्तिम निर्णय गर्न मात्र बाँकी छ ।’ पदाधिकारीहरूमध्ये ज्ञवालीलाई मात्र राष्ट्रियसभामा उम्मेदवार बनाउने तयारी गरे पनि एमालेले समेत यसबारे औपचारिक निर्णय भने गरिसकेको छैन ।

ज्ञवाली र बादल दुवै राष्ट्रियसभाका सम्भावित अध्यक्षका रूपमा चर्चामा रहे पनि सभामुख र उपसभामुख तथा राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको बाँडफाँडबारे वाम गठबन्धनभित्र कुरा टुंगिइनसकेको खबर बिहीबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर