NewsKoseli.Com

उपराष्ट्रपति र ओलीबीच भेटवार्ता, के–के भए कुराकानी ?

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार ओली निवास बालकोटमा भेटवार्ता भएको छ ।

नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्केका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको र उनीहरुबीच करिव आधा घन्टा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिएका छन् ।

झन्डै दुईतिहाई विजय हासिल गरेको वाम गठबन्धनका एक प्रमुख नेता र केही साताभित्रै मुलुकको प्रधानमन्त्री बन्न लागेका ओलीसँग भएको उपराष्ट्रपतिको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । माघ २४ मा राष्ट्रियसभाको निर्वाचन सकिएलगत्तै राष्ट्रपति–उपराष्ट्रपतिको कार्यकाल सकिएर नयाँ राष्ट्रपति–उपराष्ट्रपतिको चयन हुँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सोही पदमा पुनः दोहोरिने चर्चा चलिरहेका बेला गत हप्ता उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सपरिवारलाई नै ‘डिनर पार्टी’ दिएकी थिइन् । यसै मेसोमा भएको उपराष्ट्रपति–एमाले अध्यक्षबीचको भेटवार्तालाई पनि कतिपयले उपराष्ट्रपतिको पद दोहोर्‍याउने पासाङको पहलका रुपमा समेत अर्थ्याएका छन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर