NewsKoseli.Com

ओली–प्रचण्ड ३ घन्टा छलफल : के–के भए कुराकानी ?

काठमाडौं, ५ माघ ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शुक्रबार दिउँसो १ देखि अपराह्न ४ बजेसम्म ३ घन्टा छलफल भएको छ ।

ओलीनिवास बालकोटमा दुई शीर्ष नेताबीच भएको ‘वान–टु–वान’ छलफलमा राष्ट्रियसभा निर्वाचनका लागि गठित कार्यदलको रिपोर्ट, प्रदेश सरकारको गठन र राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरि तिमिल्सिनाले जनाएका छन् ।

शनिबार दुई शीर्ष नेताबीच थप छलफल र गृहकार्य गरी आइतबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने सहमति भएको तिमिल्सिनाले बताए । नियमित स्वास्थ्यपरीक्षणका लागि अध्यक्ष ओली थाइल्याण्ड जानुअघि ओली–प्रचण्डबीच पुस २६ मा भएको भेटवार्तापछि यो दुर्इ नेताबीच यो नै पहिलो भेटघाट हो ।

राष्ट्रियसभा निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशका मुख्यमन्त्री, सभामुख–उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष–उपाध्यक्षलगायतका विषयमा साझा धारणा बनाउन संयुक्त कार्यदललाई जिम्मेवारी दिइएको थियो ।

दुवै शीर्ष नेताहरुको संयुक्त निर्देशनबमोजिम सोही कार्यदलले तयार पारेको राष्ट्रियसभाका उम्मेदवार, प्रदेश सरकार गठनलगायतबारेको प्रतिवेदनउपर शुक्रबार नेताहरूले छलफल गरेका हुन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर