NewsKoseli.Com

बैंकमा तरलता अभाव हुँदा ‘खतराको घन्टी’ !

बैंकको कर्जा, पुँजी र निक्षेप अनुपात (सीसीडी रेसियो) ७९.९ प्रतिशत पुगेको नेपाल राष्ट्रबैंकका कार्यवाहक गर्भनर चिन्तामणि शिवाकोटीले बताएका छन् ।

वाणिज्य बैंकहरूको सीसीडी रेसियो अन्तिम विन्दुमा पुगेकाले अर्थतन्त्रमा चुनौती थपिएको छ । बैंकहरूको ध्यान निक्षेप संकलन भन्दा कर्जा प्रवाहमा केन्द्रित भएकाले यस्तो अवस्था आएको हो ।

‘कतिपय बैंकको सीसीडी रेसियो राष्ट्रबैंकले गरेको व्यवस्थाभन्दा माथि पुग्न लागेको छ’, उनले भने– ‘राष्ट्रबैंकले गरेको व्यवस्थाभन्दा बढी कर्जा प्रवाह गर्दा कतिपय बैंकलाई कारबाही गर्नुपर्ने अवस्था आएको छ ।’

राष्ट्र बैंकले कूल निक्षेपको ८० प्रतिशत मात्र कर्जा प्रवाह गर्न पाउने व्यवस्था गरेको खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर