NewsKoseli.Com

सर्वोच्चको अन्तरिम आदेश : सुमार्गीको रकम नरोक्नू

चर्चित व्यापारी अजेयराज सुमार्गीको विदेशबाट ल्याउन लागेको ४ अर्ब रुपैयाँ तत्कालका लागि सुमार्गीलाई उपयोग गर्न दिनू भनेर सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकलाई अन्तरिम आदेश जारी गरेको छ ।

सुमार्गीको सो रकम रोक्ने राष्ट्र बैंकको निर्णयविरुद्ध सर्वोच्च अदालतले मंगलबार कारण देखाउ आदेश आदेश जारी गरेको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्कालका लागि सुमार्गीलाई उक्त रकम उपयोग गर्न दिनू भनेर राष्ट्र बैंकलाई अन्तरिम आदेश दिएको हो ।

दुवै पक्षका वकिलहरुले गरेको बहसपछि सर्वोच्चबाट यस्तो फैसला आएको हो । फैसलामा वैदेशिक लगानीका लागि आउने रकम रोकिरहनु उपयुक्त नभएको उल्लेख छ । आदेशमा भनिएको छ– विना आधार र कारण खाताको भुक्तानी प्रक्रिया र कारोबारमा अवरोध गर्ने तथा नियमित हुनुपर्ने भुक्तानीमा अविश्वास र अनिश्चिय खडा गर्ने कार्य निवेदकको साम्पत्तिको हकको ठाडै प्रतिकूल छ । कुनै प्रक्रियागत आवश्यकताको नाममा कुनै पनि मनासिव माफिकको समयसम्म होल्ड गर्न सक्ने हो, अनन्तकालसम्म कदापि होइन ।

आदेशमा कर्जा सम्झौता भर्इ आफ्नो खातामा रकम आएपछि भुक्तानी पाउने निवेदकको वैध अपेक्षा हुने बताउँदै आदेशमा उद्योगलाई कर्जा उपभोग गर्न दिन्न भन्न कुनै कानुनले प्रत्यार्थीहरुलाई अख्तियारी दिन नमिल्ने पनि उल्लेछ ।

सर्वोच्चले विदेशी लगानीलाई अवरोध र दुरुत्साहन गर्ने प्रवत्ति रहेको बताउँदै सुमार्गीको सम्पत्ति यसरी अनिश्चित र अनन्तकालसम्म होल्ड गर्ने र उपभोग गर्नमा अवरोध गरिरहने कार्य विधिको शासन, विदेशी लगानीसम्बन्धी ऐन–कानुनको उद्देश्य र मर्मविपरीत भर्इ अनुचित, अन्यायपूर्ण र बेमुनासिव रहेको समेत आदेशमा उल्लेख गरेको छ ।

सुमार्गीद्वारा सञ्चालित नेपाल स्याटेलाइट टेलिकम प्रालिका कर्मचारी सुवासचन्द्र पौडेलले राष्ट्र बैंकलाई विपक्षी बनाएर आइतबार रिट दायर गरेका थिए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर