NewsKoseli.Com

ओली–प्रचण्ड गोप्य वार्ता, सरकारमा नजाने माओवादीको संकेत

काठमाडौं, २५ माघ ।

एमाले–माओवादी केन्द्रबीच एकता धरापमा परेको चर्चा चलिरहँदा र राष्ट्रियसभा निर्वाचन सकिएर नयाँ सरकार गठनको ढोका खुलिरहेका बेला वाम गठबन्धनको एक दल नेकपा माओवादी केन्द्र सरकारमा सहभागी नहुने सम्भावना देखा परेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार गोप्य भेटघाट भएको छ । भेटमा ओलीले पार्टी एकताको एजेन्डा हाललार्इ थाती राख्दै पहिले सरकार गठनमा जोड दिएको तर प्रचण्डले भने पार्टी एकता र सरकार गठनलार्इ एकै प्याकेजमा अगाडि नबढाइए माओवादी केन्द्र सरकारबाहिरै बसेर सरकार गठनमा एमाले र ओलीलार्इ सघाउने बताएको स्रोतको भनाइ छ ।

पछिल्लो छलफलमा समेत एमाले अध्यक्ष ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद आफैंले सम्हाल्ने चाहना व्यक्त गरेको तर सो प्रस्तावमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहमत नभएको स्रोतको दावी छ ।

दुवै पद ओलीलार्इ छाडेर एकता सम्भव नहुनेमा प्रचण्डमाथि सिंगै माओवादी पंक्तिको तीव्र दबाव छ । सोही कुरा स्मरण गराउँदै प्रचण्डले ओलीसँग उनी प्रधानमन्त्री बन्दा पार्टी अध्यक्ष माओवादीका तर्फबाट नहुने हो भने पार्टी एकता त परकै कुरा भयो, माओवादी केन्द्र सरकारमा सहभागी हुन समेत सम्भव नहुने स्पष्ट पारेको बताइन्छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर