NewsKoseli.Com

राष्ट्रियसभाको ‘सिक्वेन्स’: समानुपातिकमा एमालेका पुरूष बढे, माओवादीका महिला बढे

राष्ट्रियसभा र प्रतिनिधिसभा दुवैको नतिजामा ३३ प्रतिशत महिला पुर्‍याउनै पर्ने निर्वाचन आयोगको निर्णयका कारण एमालेका दुई महिला सांसद हुनबाट वञ्चित हुन पुगेको छन् ।

एमालेबाट यसअघि २ जना मात्र पुरुषले सांसद बन्न पाउने अवस्था थियो तर राष्ट्रियसभाको नतिजापछि भने ४ जना पुरुषले सांसद हुन पाउने भएका छन् । राष्ट्रियसभाको ‘सिक्वेन्स’ का कारण खस–आर्यतर्फकी शर्मिला कार्की र आदिवासी–जनजाति कोटाकी रणकुमारी बलम्पाकी मगरको नाम काटिएर दुवै कोटामा पुरुषले सांसद हुन पाउने भएका छन् ।

अब एमालेबाट आदिवासी–जनजाति कोटामा विजय सुब्बा र मधेसी कोटाबाट मोतीलाल दुगड सांसद बन्न पाउने भएका छन् । यसअघि खस–आर्यबाट मुकुन्द न्यौपाने र पिछडिएको कोटाबाट मोहन बानियाँ मात्र सांसद बन्न पाउने अवस्था थियो । एमालेले समानुपातिकमा ४१ सिट जितेको छ ।

आयोगको निर्णयको प्रभाव माओवादी केन्द्रमा पनि पर्ने भएको छ । समानुपातिकमा १७ सांसद पाएको माओवादीले अब एक जना मात्र पुरुषलाई सांसद बनाउन पाउने भएको छ । यसअघि माओवादीबाट २ जना पुरूष सांसद बन्न पाउने अवस्था थियो ।

राष्ट्रियसभाको ‘सिक्वेन्स’ बाट कांग्रेसमा भने खासै फरक नपर्ने भएको छ । समानुपातिकमा ४० सिट पाएको कांग्रेसले २० जना पुरुषलाई सांसद बनाउन पाउने भएको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर