NewsKoseli.Com

‘प्रेमी’ विदेशमा, ‘प्रेमिका’ ले यता बिहे गरेकै रात जन्मियो बच्चा !

सिरहा सुखिपुर नगरपालिका– ४ का उमेश मोचीले माघ २५ गते बिहे गरे । तर, त्यही रात दुलहीले बच्चा जन्माएपछि उनी लाजले घरबाहिर निस्कन सकेका छैनन् ।

बरियारपट्टी गाउँपालिका– ३, शिवनगरकी शोभा रामसँग उमेशले धुमधामसँग बिहे गरेका थिए । तर, घर भित्र्याएकै रात शोभाले छोरालाई जन्म दिएपछि परिवारका सदस्य आश्चर्यमा परे । उमेशको परिवार लज्जित बनेको स्थानीय एक युवकले बताए ।

उमेशले शोभालाई नराख्ने भनेपछि समाजले बिहेकै भोलिपल्ट उनलार्इ माइत पठाइदिएका छन् । उनी यसरी फिर्ता भएपछि परिवारमै समस्या पर्नुका साथै छरछिमेकमा समेत तनाव बढेको स्थानीय नथुनी रामले बताए ।

उनले भने– ुशोभासँग सोधपुछ गर्दा शैलेन्द्र रामसँगै प्रेम गरेको र उनीसँगै शारीरिक समबन्ध राख्दा गर्भ बसेको बताएकी छन् । त्यसपछि शोभालाई शैलेन्द्रको घर पठाइएको छ ।

प्रेमी भनिएका शैलेन्द्र साउदी अरबमा रहेका कारण समस्या भएको खबर सोमबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर