NewsKoseli.Com

एकताबारे यसो भन्छन् एमाले–माओवादीका प्रभावशाली नेता…

‘छलफल सकारात्मक दिशामा अघि बढिरहेको छ । दुवै पार्टीका नेताको अधिकतम व्यवस्थापन कसरी गर्ने भन्नेबारे छलफल हुन्छ तर पदीय बाँडफाँडकै कारण एकतामा अनावश्यक विलम्ब हुँदैन । सरकार गठनअघि पार्टी एकताको राजनीतिक खाका बन्छ, फागुनभित्र पार्टी एकता सम्पन्न हुन्छ ।’ – प्रदीप ज्ञवाली 

‘मुख्य दुई नेताबीचको छलफल अब छिट्टै निष्कर्षमा पुग्दैछ । अध्यक्ष प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई मैले देशको आवश्यकतामा फड्को मार्ने एउटा स्पिरिटका रूपमा बुझेको छु । उहाँको अभिव्यक्ति एकताविरोधी होइन किनभने उहाँ एकताका पक्षमा दृढ हुनुहुन्छ ।’ – जनार्दन शर्मा 

दुवै नेता एकता गर्नकै लागि दृढ हुनुभएकाले छिट्टै एउटा निचोडमा पुग्नुहुनेछ । कुराकानी हुँदा नेतृत्व, विचार, संगठनलगायत सबै विषयमा छलफल हुन्छ । तर, सानो कुरामा विभिन्नखाले समाचार बन्ने वातावरण रहे पनि दुई अध्यक्षबीचको छलफल धेरै सकारात्मक छ ।

पार्टी एकताको सन्दर्भमा एमाले नेता प्रदीप ज्ञवाली र माओवादी केन्द्रका नेता जनार्दन शर्माको भनाइ सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर