NewsKoseli.Com

पदबहाली गरे ३ नं. प्रदेशका मुख्यमन्त्री पौडेलले

प्रदेश नं. ३ का नवनियुक्त मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार अपराह्न मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पदबहाली गरेका छन् ।

पदबहालीपछि आयोजित समारोहमा मुख्यमन्त्री पौडेलले प्रदेश नं. ३ को सन्तुलित विकासका लागि सीमित स्रोत–साधन परिचालन गरी १३ वटा जिल्लामा नमूना सहर बनाउने आफ्नो प्राथमिकता रहेको बताए । प्रदेश सरकारको काम अगाडि बढाउन आवश्यक कानुन निर्माण तथा परिमार्जन गरिने समेत उनले बताए ।

ऐन–कानुनको परिधिभित्र रहेर जनमुखी सेवा प्रवाह गर्न र आर्थिक अनुशासन कायम राख्न मुख्यमन्त्री पौडेलले राष्ट्रसेवकहरूलार्इ आग्रह गरे ।

उनले हेटौंडा उपमहानगरपालिका– ११ स्थित सहिद स्मारकमा गई सोमबारै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरे । त्यस अवसरमा प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ र उपसभामुख राधिका तामाङले पनि सहिद स्मारकमा पुष्पगुच्छा चढाए ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर