NewsKoseli.Com

सिंहदरबार भत्काउन किन गरिँदैछ लबिङ ?

भूकम्पले क्षतिग्रस्त सिंहदरबारको पश्चिमी मोहडा जसरी पनि जोगाउनुपर्ने राय व्यक्त भइरहेका बेला परामर्शदाता कम्पनीहरुले भने तत्काल भत्काउनुपर्ने पक्षमा फेरि लबिङ थालेका छन् ।

सिंहदरबार प्रबलीकरण परियोजना अन्तर्गत सिंहदरबारको मुख्य आकर्षण रहेको पश्चिमी मोहडालाई प्रबलीकरण गर्ने वा भत्काएर पुनर्निर्माण गर्ने भन्नेबारे सूक्ष्म अध्ययन गर्न प्रस्ताव पेस गरेका कन्सल्टेन्सीहरुले यस्तो लबिङ तीव्र बनाएका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २ महिनाअघि परामर्शदाता आह्वान गरेको थियो । जसमा विभिन्न ६ वटा कन्सल्टिङ कम्पनीले आफ्नो प्राविधिक तथा आर्थिक प्रस्ताव पेस गरिसकेका छन् ।

प्रस्ताव हाल्नेमध्ये डिजिकम इन्जिनियरिङ कन्सल्टसहितका केही कम्पनी सिंहदरबारका संरचना भत्काउनुपर्ने पक्षमा यसअघि नै खुलेर बहसमा आइसकेका छन् । यिनै कम्पनीले सिंहदरबारबारे यसअघि दिएको मूल्यांकनको प्राविधिक निचोडमा ‘ग्रेड ४’ (भत्काउनैपर्ने) सुझाव दिएका थिए ।

डिजिकमको यो सुझाव विवादास्पद बनेपछि फेरि विस्तृत र भिन्न तहमा अध्ययन जरुरी रहेको भन्दै अर्को चरणमा अध्ययन प्रस्तावक आह्वान गरिएको खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर