NewsKoseli.Com

एमाले–माओवादी केन्द्रबीच यसै साता ‘एकता’ !

नेकपा (एमाले) का अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसै साताभित्र पार्टी एकता गरिसक्ने सहमति गरेका छन् ।

सोमबार दिउँसो ललितपुरमा भएको दुर्इ नेताबीचकाे ‘वान–अन–वान’ छलफलमा दुवै अध्यक्षले फागुन पहिलो साता पार्टी एकीकरण गर्ने सहमतिमा पुगेका हुन् ।

स्रोतका अनुसार पार्टी एकीकरणको नेतृत्व र मोडालिटीबारे मंगलबार बिहान अध्यक्षद्वय फेरि ‘वान–अन–वान’ छलफलमा बस्ने र त्यसपछि पार्टी एकता संयोजन समितिको बैठक बसेर पार्टी एकताको कुरा टुंग्याउने सहमति भएको छ।

;साेमबार भएको छलफलमा दुवै अध्यक्ष जसरी भए पनि सरकार गठनअघि पार्टी एकता गरिसक्नेमा सहमत छन् । स्रोतका अनुसार फागुन ६/७ पछि सरकार गठन प्रक्रिय अघि बढ्ने भएकाले दुवै अध्यक्षले फागुन पहिलो साताभित्रै पार्टी एकतामा जोड दिएकाे खबर मंगलबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर