NewsKoseli.Com

महिला प्रहरी किन सजिए सारी, कुर्ता र नक्कली गहनामा ?

महिलाले लगाएका गहना लुट्न जाने लुटेरालाई लक्ष गरेर यो वर्ष शिवरात्रीमा प्रहरीले नयाँ सूत्र अपनाएको छ ।

दर्शनार्थीको भीडको मौका पारेर लुटेरा समूहले गहना लुटपाट गर्न सक्ने भन्दै प्रहरीले सादा पोसाकमा महिला प्रहरी खटाएको छ । त्यो पनि दर्शनार्थीकै भेषमा ।

सारी, कुर्ता र नक्कली गहनाले सजिएर लुटेराको निगरानी गर्ने योजना सहित डेढ सय महिला प्रहरी खटिएका छन् । महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) रामदत्त जोशीका अनुसार–

-विगतका वर्षमा लुटेराले दुःख दिए पछि यो वर्ष नयाँ सूत्र अपनाइएको हो ।

-शिवजीको दर्शन गर्न पुगेका दर्शनार्थीको भीडको फाइदा उठाउँदै लुटेराले गहना लुट्ने गरेका छन् ।

-भीडमा पीडितले लुटेरा पहिचान गर्न नसकेपछि लुटेरा उम्कने गरेको देखियो ।

-लुटपाट कम गर्न महिला प्रहरी दर्शनार्थीकै भेषमा नक्कली गहना लगाएर खटिन्छन्, लुट्न खोजे समात्न सजिलो हुन्छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर