NewsKoseli.Com

मन्त्री छान्ने विषयमा पार्टीभित्रै मारामार !

प्रदेश नम्बर २ को मन्त्रीमण्डलमा पार्टीबाट क–कसलाई पठाउने भन्ने विषयमा राष्ट्रिय जनता पार्टीभित्र सैद्धान्तिक सहमति जुटाउनै कठिन भएको छ ।

प्रदेश– २ मा संघीय समाजवादी फोरम र राजपा मिलेर सरकार बनाउँदैछन् । फोरमले लालबाबु राउतलाई मुख्यमन्त्री बनाउने निर्णय गरिसकेको छ । फागुन ३ गते उनको शपथग्रहण हुँदैछ । तर, राजपाभित्र निर्वाचन जितेकालाई मात्रै मन्त्री बनाउनु पर्ने एउटा तर्क र समानुपातिकलाई पनि बनाउनुपर्ने अर्को तर्कका कारण अध्यक्षमण्डलबीच क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा सहमति जुट्न सकेकाे छैन ।

पार्टी स्रोतले भन्यो– ‘सोमबार राति अबेरसम्म बसेको बैठकमा पनि सहमति जुट्न नसकेपछि पहिलो चरणको मन्त्रीमण्डल गठनमा राजपाबाट प्रतिनिधित्व हुने सम्भावना कम छ ।’ फोरम र राजपाले पहिलो चरणमा ७ सदस्यीय मन्त्रीमण्डल गठन गर्ने सहमति गरेका छन् ।

मुख्यमन्त्रीसहित आन्तरिक मामिला, अर्थ र कृषि फोरमले तथा भौतिक पूर्वाधार, उद्योग र पर्यटन तथा सामाजिक विकास मन्त्रालय राजपाले लिने दुई दलबीच सहमति छ। राजपाका २५ जना सांसद छन्, तीमध्ये १० जना समानुपातिकबाट सांसद् बनेका हुन् ।

अध्यक्षमण्डलका सदस्य महेन्द्र रायले प्रत्यक्ष जितेकालाई मात्रै मन्त्री बनाउनुपर्ने अडान राखेका छन् । नेताहरु अनिलकुमार झा र राजकिशोर यादवले भने समानुपातिक सांसदको हैसियत पनि उस्तै हुने भन्दै उनीहरुबाट पनि मन्त्री बनाइनुपर्ने दबाव दिइरहेका छन् ।

दुईथरी तर्क गर्ने नेताहरुमध्ये आफ्ना पक्षधर सांसदहरु प्रत्यक्ष वा समानुपातिक कुन प्रणालीबाट प्रतिनिधित्व गरेका छन्, त्यसैलाई ध्यानमा राखेर अडान लिइरहेको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर