NewsKoseli.Com

दैनिक ३५ करोड राजश्वमाथि ब्रह्मलूट, भन्सार कर्मचारी र व्यापारीको मिलोमतो

भन्सारका कर्माचारी र आयातीत व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलोमतोमा राज्यले दैनिक करोडौं राजश्व गुमाउँदै आएको खुलेको छ ।

चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिवडाले विभिन्न स्थानामा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौं बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिव ३५ करोड रूपैयाँ राजश्व बढी उठेकाले मिलेमतोमा करोडौं राजश्व गुमिरहेको खुलेको हो।

मेला–पर्व बाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालायबाट औशतमा ८५ करोड राजश्व उठाउने गरेका थिए । नयाँ अर्थमन्त्रीले कडा निर्देशन दिएकै दिन भने १ अर्ब २० करोड रूपयाँ भन्दा बढि राजश्व उठ्यो । यो असुली अन्य दिनको तुलनामा कम्तिमा पनि ३५ करोड बढि हो ।

यो तथ्याङ्कले भन्सार कर्मचारी र व्यापारीको मिलोमतोमा दैनिक ३०–३५ करोड रूपैयाँ राज्यको राजश्वमाथि ब्रह्मलूट हुने गरेको आशंका गरिएको खबर बालकृष्ण ज्ञवालीको बाइलाइनमा शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर