NewsKoseli.Com

‘राष्ट्रपति छान्न’ एमालेले डाक्यो स्थायी समिति बैठक

काठमाडौं, २१ फागुन ।

सोमबारदेखि राष्ट्रपति निर्वाचनको प्रक्रिया सुरू भएसँगै नयाँ राष्ट्रपतिको उम्मेदवार छान्न नेकपा एमालेले स्थायी समिति बैठक डाकेको छ ।

बैठक मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने एमाले सचिव योगेश भट्टराईले जनाएका छन् । बैठकले पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार छनौट गर्ने बताइएको छ ।

हालकी राष्ट्रपति विद्यादेवी भण्डारीले आफू दोहोरिने इच्छा व्यक्त गरेकी छन् भने पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपति पदमा आफ्नो दाबी प्रस्तुत गर्दै आएका छन् ।

एमाले–माओवादी केन्द्रबीच राष्ट्रपति एमालेले लिने सहमति भइसकेको र एमाले–माओवादीसँग झन्डै दुईतिहाई बहुमत रहेकाले एमाले बैठकबाट चयन हुने उम्मेदवार नै गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति बन्ने निश्चित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर