NewsKoseli.Com

देउवा चुनिए संसदीय दलको नेता, २५ मतान्तरले हारे प्रकाशमान

काठमाडौं, २१ फागुन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेता निर्वाचित भएका छन् ।

सोमबार बिहान भएको निर्वाचनमा ४४ मत ल्याएर देउवा निर्वाचित भएको जानकारी निर्वाचन समितिका संयोजक चिनकाजी श्रेष्ठले दिए । उनका प्रतिस्पर्धी पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने जम्मा १९ मत ल्याए ।

प्रकाशमान कांग्रेसभित्र रामचन्द्र प्यानलका नेता हुन् । मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ पौडेल पक्षका धेरै सांसदहरूले जितेका थिए । तर, समानुपातिकमा कांग्रेसले जितेका ४० सिटमा भने सभापति देउवाले आफ्नो पक्षका धेरैलाई सांसद बनाए ।

समानुपातिक सांसदको भरमा देउवा संसदीय दलमा बहुमतमै रहेकाले उनको यो विजय अपेक्षित नै थियो ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर