NewsKoseli.Com

उपराष्ट्रपतिबारे माओवादी रहस्यको यस्तो छ खुलासा…

नेकपा (माओवादी केन्द्र) आफ्नो भागमा परेको उपराष्ट्रपति पदमा नन्दकिशोर पुन ‘पासाङ’ लाई नै दोहोर्‍याउने पक्षमा देखिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको समझदारी अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति विद्यादेवी भण्डारीसँगै पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएकाले माओवादीभित्र कसैले पनि उपराष्ट्रपतिमा दाबी गरेको छैन ।

‘राष्ट्रपति र उपराष्ट्रपति दुवैले कुनै विवादित हुने काम नगरेको हुनाले प्रधानमन्त्रीज्यूसँगको समझदारीमा उपराष्ट्रपति दोहोरिने स्थिति छ,’ नेता जनार्दन शर्माले भने– ‘उपराष्ट्रपतिले विगतमा गरेको योगदानको मूल्यांकनलाई पनि ध्यान दिई कायमै राख्नुपर्छ भन्ने नै मत छ ।’

छोटो कार्यकाल भएकाले धेरै समय जिम्मेवारीमा नरहेको र राष्ट्रलाई पनि व्ययभार बढ्न सक्ने भन्दै अध्यक्ष प्रचण्ड पुनलाई नै दोहोर्‍याउने पक्षमा देखिएका हुन् । उनको तयारीप्रति माओवादीभित्र कसैले पनि विरोध जनाएको छैन ।

एमालेले नयाँ उठाए माओवादीले पुनर्विचार गर्ने

राष्ट्रपति भण्डारीको विकल्पमा एमालेले नयाँ उम्मेदवार उठाएको अवस्थामा भने माओवादी केन्द्रले पनि पुनर्विचार गर्ने भएको छ । ‘अहिलेसम्म पार्टीमा छलफल पनि भएको छैन, प्रधानमन्त्री र पार्टी अध्यक्षबीच दुवै पदमा दोहोर्‍याउने सहमति भइसकेकाले कसैले आकांक्षा देखाउनु भएको पनि छैन,’ एक नेताले भने– ‘तर एमालेले राष्ट्रपतिमा नयाँ अनुहारलाई उम्मेदवार बनाएको अवस्थामा भने पार्टीले पनि उपराष्ट्रपतिमा अर्को उम्मेदवारको निर्णय गर्न सक्छ ।’

उपराष्ट्रपति पनि दोहोरिने मनस्थितिमा

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकाल दोहोउन सुषुप्त गृहकार्य र पहल अगाडि बढाएसँगै उपराष्ट्रपति पुनले पनि सोही पदमा दोहोरिने मनस्थिति बनाएर पहल अगाडि बढाएको खबर मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर