NewsKoseli.Com

राष्ट्रपतिमा दोहोरिने भइन् विद्या भण्डारी नै…

एमालेले विद्यादेवी भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगरबार मध्यारातसम्म बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई दोहोर्‍याउने निर्णय गरेको हो ।

वर्तमान राष्ट्रपतिलाई नै दोस्रो कार्यकालका लागि उम्मेदवार बनाउने निर्णय गरेको जानकारी एमाले उपमहासचिव विष्णु पौडेलले दिएका छन् ।

‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राष्ट्रपतिको नाम प्रस्ताव गर्नुभयो’, उनले भने– ‘स्थायी समितिले सर्वसम्मत रुपमा यो प्रस्ताव अनुमोदन गर्‍यो ।’

राष्ट्रपतिका लागि पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पनि आकांक्षा देखाएको तर एमालेले विद्यादेवी भण्डारीलार्इ नै दोहोर्‍याउने निर्णय गरेको खबर बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर