NewsKoseli.Com

विद्यादेवी भण्डारी र कुमारीलक्ष्मी राईले दिए राष्ट्रपति पदको उम्मेदवारी

काठमाडौं, २३ फागुन ।

राष्ट्रपति विद्या भण्डारीले दोस्रो कार्यकालका लागि नेपालको चेस्रो राष्ट्रपति बन्नका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।

उनले बुधबार संसद सचिवालय पुगेर नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को समर्थनमा राष्ट्रपति पदमा दोस्रो पटक उम्मेदवारी दर्ता गराएकी हुन् ।

मंगलबार मध्यरातसम्म बालुवाटारमा बसेको एमाले स्थायी समिति बैठकले भण्डारीलाई राष्ट्रपतिमा दोहोर्‍याउने निर्णय गरेको थियो ।

उनका प्रस्तावकमा माधवकुमार नेपाल, भीमबहादुर रावल, सुवास नेम्वाङ, ईश्वर पोखरेल र ओनसरी घर्ती तथा समर्थकमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, गोकर्णराज विष्ट, भानुभक्त ढकाल र रवीन्द्र अधिकारी छन् ।

त्यसैगरी, नेपाली कांग्रेसको तर्फबाट कुमारीलक्ष्मी राईले राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् । बुधबारै संसद भवनस्थित निर्वाचन कार्यालय पुगेर राईले उम्मेदवारी दर्ता गराएकी हुन् ।

कांग्रेसकी राईको प्रस्तावक चित्रलेखा यादव, मानबहादुर विश्वकर्मा, सुरेन्द्र पाण्डे, देवेन्द्रराज कँडेल र पार्वती डीसी चौधरी छन् भने मेखलाल श्रेष्ठ राधा घलेलगायत समर्थक छन् ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर