NewsKoseli.Com

अध्यक्ष ओलीको चर्को आलोचना : दुई कित्तामा विभाजित भयो एमाले

राष्ट्रपति उम्मेदवारको विषयलाई लिएर  नेकपा (एमाले) दुई कित्तामा विभाजित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार रातिसम्म चलेको स्थायी कमिटी बैठकमा वर्तमान राष्ट्रपतिलाई दोहोर्‍याउने वा नदोहोर्‍याउने भन्ने विषयमा नेताहरुबीच निकैबेर विवाद भयो । करिव ७ घन्टासम्म चलेको बैठकको अन्त्यमा झलनाथ खनालले दाबी छाडेपछि राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने निर्णय भएको थियो ।

माधवकुमार नेपालको जन्मदिनको केक काटेर साँझ ६ बजे सुरु भएको बैठक सकेर एमालेका नेताहरु बालुवाटारबाट बाहिरिँदा रातको १ बजेको थियो । दोस्रो तहका नेताहरु कसलाई राष्ट्रपति बनाउने भनेर विभाजित भए पनि शीर्ष नेताहरुले यस विषयमा आफ्नो धारणा स्पष्टसँग राखेका थिएनन् ।

अध्यक्षको कार्यशैली ठीक नभएको भन्दै माधव नेपालले आलोचना गरे । प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको समेत बैठकमा आलोचना भयो । महत्त्वपूर्ण निर्णय गर्नुपर्दा अन्तिम समयमा मात्रै बैठक बोलाउने, पहिलो अजेन्डा केही पनि नभन्ने र पार्टी विधिअनुसार नचलेको भन्दै अध्यक्ष ओलीको आलोचना भएको थियो ।

‘संसदीय दलको बैठकबारे जानकारी समेत ढिलो गराइयो । अन्य विषयमा निर्वाचन समिति गठन हुन्थ्यो, संसदीय दलमा त्यो पनि भएन’, उपमहासचिव घनश्याम भुसाललाई उद्धृत गर्दै स्रोतले भन्यो– ‘संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी थियो ।’ फागुन ३ गते दिउँसो भएको बैठक सुरु हुन लाग्दा मात्रै खबर भएको भुसालले बताए ।

बिहानै राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भइसकेका ओलीलाई दिउँसो मात्र एमाले संसदीय दलको नेतामा सर्वसम्मत रुपमा चुनिएको थियो । बैठकमा पार्टीको कार्यशैलीप्रति आलोचना गर्दै उपमहासचिव भुसालले नोट अफ डिसेन्ट लेख्ने बताएको खबर बिहीबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर