NewsKoseli.Com

‘विद्या भण्डारीको उम्मेदवारी खारेज नभए सर्वोच्च जान्छु’ : कुमारीलक्ष्मी

काठमाडौं, २७ फागुन ।

संघीय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति पदका लागि मंगलबार निर्वाचन हुँदैछ । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी वाम गठबन्धनको संयुक्त उम्मेदवारका रूपमा र कुमारीलक्ष्मी राई नेपाली कांग्रेसका तर्फबाट चुनावी मैदानमा छन् ।

यसैबीच कांग्रेस उम्मेदवार राईले वाम उम्मेदवार विद्यादेवी भण्डारीको उम्मेदवारी खारेज हुनुपर्ने दावी गर्दै यदि खारेज नभए आफूले सर्वोच्चमा रिट हाल्ने चेतावनी दिएकी छन् । राष्ट्रपति भण्डारीले तटस्थ भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै वर्तमान राष्ट्रपतिको पदबाट समेत राजीनामा नदिर्इ उम्मेदवार बनेकाले भण्डारीको उम्मेदवारी खारेज हुनुपर्ने दावी राईले गरेकी हुन् ।

‘सरकारी पदमा बसेर, सरकारी हुलहुज्जतका साथ उहाँ उम्मेदवारी दर्ता गर्न जानु भएको सबैले देखेकै कुरा हो । सरकारी ढुकुटी रित्याएर त्यसो गर्न नैतिकताले दिन्छ ? चुनाव प्रचारमा सरकारी खर्च हुन्छ । त्यो कसले देख्ने ? उहाँले त पदबाट राजीनामा दिएर उम्मेदवारी दिनुपर्ने हैन र ? खै नियम पालना भएको ? सांसदको सपथ नै नलिएका व्यक्तिहरुलाई प्रधानमन्त्री, मन्त्रीमा सपथ खुवाउनुभयो । संविधान मिचेर काम गर्ने यस्तो व्यक्तिबाट नेपाली जनताले के आशा गर्ने ?’

पहिलो पोस्ट डटकमसँगको अन्तर्वार्तामा कुमारीलक्ष्मीले भनेकी छन्– ‘हामी कानुनविदहरुसँग छलफल गर्दैछौं । उहाँको उम्मेदवारी खारेज हुनुपर्छ, नभए हामी सर्वोच्चमा रिट हाल्छौं ।’

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर