NewsKoseli.Com

७२ प्रतिशत बालबालिकाले चलाउँछन् फेसबुक…

काठमाडौं उपत्यकाभित्र सन् २०१७ मा गरिएको एक सर्वेक्षण अनुसार यहाँका ७२ प्रतिशत बालबालिकाको फेसबुक एकाउन्ट रहेको पाइएको छ । ती बालबालिका दैनिक ३ देखि ४ घन्टासम्म इन्टरनेटमा घोत्लिने गरेको देखिएको छ ।

बालबालिकाहरुको रोजाइमा फेसबुकपछि ‘युट्युब’ परेको छ । संसारभरका ७ लाख मानिसले प्रतिमिनेट फेसबुक लग–इन गर्ने र त्यसमा बढी बालबालिका पर्ने तथ्य ‘भ्वाइस अफ चिल्ड्रेन्ट’ ले आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक गरियो ।

‘इन्टरनेटमा घन्टौं बिताउने बालबालिका नजानिँदो शैलीमा यौनशोषणमा परेको देखिएको छ’– सर्वेक्षणमा सामेल सोही संस्थामा कार्यरत कृति भट्टराईले भनेको खबर अाइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर