NewsKoseli.Com

३० अर्ब बुझाएर ९ हजार कर्मचारी बिदा गरिँदै

सेवाग्राही कार्यालयतिर, कर्मचारी चाहिँ घरतिर...

सिंहदरबारको शक्ति गाउँ–गाउँ पुर्‍याउने संघीय व्यवस्था कार्यान्वयन गर्ने संवेदनशील मोडमा एकै पटक ९ हजार ५ सय ९१ अनुभवी कर्मचारी घर फर्कंदैछन् ।

प्रदेश र स्थानीय तहमा जाँदैनौं भन्ने कर्मचारीलाई सरकारले ७ वर्षको तलब–सुविधासहित भव्य बिदाइ गर्दैछ । प्रदेश र स्थानीय तहमा जान अनिच्छुक कर्मचारीलाई बिदाइ गर्न राज्यले करिव ३० अर्ब खर्च गर्नु पर्नेछ ।

प्रदेश र स्थानीय तहलाई संस्थागत गर्ने महत्त्वपूर्ण समयमा कर्मचारी खटाउन नसकिरहेका बेला सरकारले अनुभवी कर्मचारीलाई राज्यकोषमा भार पर्ने गरी घर पठाउन लागेको हो । संघीयतामा जान नरुचाउने कर्मचारीका लागि सरकारले २८ पुसमा स्वैच्छिक अवकाशको प्याकेज घोषणा गरेको थियो ।

त्यसमध्ये सचिवदेखि कार्यालय सहयोगी तहसम्मका ९ हजार ५ सय ९१ कर्मचारीले संघीयतामा जान अस्वीकार गर्दै स्वैच्छिक अवकाशमा जाने विकल्प रोजेका छन् । स्वैच्छिक अवकाश रोज्दै जिल्ला–जिल्लामा जम्मा भएका आवेदन आइतबारसम्म काठमाडौं आइसकेको खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर