NewsKoseli.Com

एयरपोर्टमै युएस बंगलाको विमानमा आगो लाग्यो, ७१ मध्ये १४ को उद्धार

काठमाडौं, २८ फागुन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार दिउँसो युएस बंगलाको विमान दुर्घटना भएको छ ।

प्रत्यक्षदर्शीहरुले जनाए अनुसार विमान अनियन्त्रित भएर आएको थियो । विमान अवतरणका क्रममा दुर्घटना भएको हो । निकै बेर आगो लागेको अहिले विमानको आगो अपराह्न नियन्त्रणमा आएको छ ।

विमानस्थलमा उद्धारकार्य जारी छ । विमानस्थलमा आगो लागेपछि सबै उडान तथा अवतरण रोकिएका छन् ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका ४ सदस्य र ६७ यात्रु गरी ७१ जना रहेको बताइएको छ । विमानमा रहेका १४ जनाको उद्धार गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर