NewsKoseli.Com

घट्दो शेयर बजारमा ‘सर्किट ब्रेकर’ : लागनीकर्ताले गुमाए ८ खर्ब ३६ अर्ब !

उच्च बिन्दुले सेयर बजार घटेपछि सोमबार सर्किट ब्रेकर लागएर नियन्त्रण गर्नुपरेको छ । कारोबार सुरु भएको ४० मिनेटमै सेयर बजार मापक नेप्से तीन प्रतिशतले घट्न पुग्यो ।

बिहान ११ बजे कारोबार सुरु भएदेखि नै नेप्से परिसूचक निरन्तर आरोलो लागेको थियो । ओरालो लाग्ने क्रम नरोकिएपछि बजार नियन्त्रण गर्न नेपाल स्टक एक्चेन्जले सर्किट ब्रेकर लगाउनुपरेको थियो ।

सर्किट ब्रेकर लगाएपछि सेयर करोबार १५ मिनेट बन्द भएको थियो । त्यसपछि ११ बजेर ५५ मिनेटमा कारोबार पुनः सुरु भएको थियो । त्यस क्रममा नेप्से केही अंक बढे पनि टिक्न सकेन र पुनः ओरालो लाग्यो ।

आइतबार विराटनगरमा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार घट्नु स्वाभाविक प्रक्रिया भएको अभिव्यक्ति दिएपछि त्यसैका कारण बजार घट्न पुगेको लगानीकर्ताको भनाइ रहेको खबर मंगलबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर