NewsKoseli.Com

‘माइलो नेकपा’ बारे दस्तावेजमा के लेख्यो ‘साइँलो नेकपा’ ले ?

काठमाडौं, २३ चैत ।

एमाले–माओवादी केन्द्र एकीकृत भई बन्न लागेको नेकपाले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई ‘उग्रवामपन्थी समूह’ को संज्ञा दिएको छ ।

ऋषि कट्टेल नेतृत्वको नेकपा छँदाछँदै पार्टीको नाम जुधाएर विप्लवले सोही नाम राखेका थिए । पछि फेरि एमाले–माओवादी केन्द्र एकीकृत भई बन्न लागेको पार्टीको नाम समेत नेकपा नै राख्ने भनिएको छ । र, एमाले–माओवादी केन्द्रको ‘साइँलो नेकपा’ ले विप्लव नेतृत्वको ‘माइलो नेकपा’ लाई ‘उग्रवामपन्थी’ को संज्ञा दिएको हो ।

एमाले–माओवादी एकताका निम्ति दस्तावेज तयार पार्न गठित कार्यदलले संयोजन समितिमा बुझाएको प्रतिवेदनमा विप्लव नेतृत्वको नेकपालाई नेपाली जनताको बलिदान र संघर्षबाट प्राप्त परिवर्तन संस्थागत गर्ने संविधानलाई अस्वीकार गर्दै सशस्त्र आन्दोलनलाई तत्कालीन कार्यसूची बनाएको ‘उग्रवामपन्थी समूह’ ठहर गरेको हो ।

विप्लव नेतृत्वको नेकपाको त्यस प्रकारको नीति आजको आवश्यकता नभएको भन्दै ‘विप्लवका गतिविधिले पछिल्लो राजनीतिक परिवर्तनलाई कमजोर पार्ने भएकाले सो समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्नुपर्ने’ उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर