NewsKoseli.Com

६१ हजार मुख्यमन्त्रीको तलब, कति पाउँछन् मन्त्रीहरुले ? (सूचीसहित)

काठमाडौं, २५ चैत ।

प्रदेश– ३ को सरकारले मुख्यमन्त्री, मन्त्री र सांसदहरुको तलब सुविधासम्बन्धी विधेयक प्रदेशसभामा पेस गरेको छ ।

विधेयकमा प्रस्तावित भए अनुसार मुख्यमन्त्रीले मासिक ६१ हजार रुपैयाँ तलब पाउने भएका छन् भने सञ्चारलगायतका सुविधा जोड्दा मासिक ७५ हजार पुग्नेछ ।

प्रदेशसभाको सोमबार बस्ने बैठकमा उक्त विधेयक पास गर्ने कार्यसूची छ ।

 

यसप्रकार छ प्रस्तावित तलब ?

मुख्यमन्त्रीः ६० हजार ९ सय ७० रुपैयाँ पारिश्रमिक, सञ्चार खर्च ५ हजार र अतिथि सत्कार खर्च १० हजार

मन्त्रीः ५२ हजार पारिश्रमिक, सञ्चार खर्च ३ हजार र अतिथि सत्कार खर्च ५ हजार

राज्यमन्त्रीः ४९ हजार पारिश्रमिक, सञ्चार खर्च २ हजार र अतिथि सत्कार खर्च ३ हजार

सहायकमन्त्रीः ४७ हजार पारिश्रमिक, सञ्चार खर्च २ हजार र अतिथि सत्कार खर्च ३ हजार

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर