NewsKoseli.Com

गृह मन्त्रालयले दियो ‘कडा’ निर्देशन : सम्भव होला त कार्यान्वयन ?

घरेलु कामदारका रूपमा खटाइएका प्रहरीलाई सात दिनभित्र फिर्ता गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

प्रहरीका उच्च अधिकारी, सरकारका बहालवाला मन्त्री, पूर्वमन्त्री तथा विशिष्ट व्यक्तिले ‘सुरक्षा थ्रेट’ को कारण देखाउँदै प्रहरी कर्मचारी लिएर घरेलु काममा प्रयोग गरेको पाइएपछि गृहले यस्तो निर्देशन दिएको हो । दुरुपयोग गरिएका कर्मचारी सात दिनभित्र फिर्ता गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

गृहका अनुसार झन्डै ६ हजार प्रहरी कर्मचारी घरेलु काममा लगाइएका छन् । प्रहरीले कूल दरबन्दी ७२ हजार ७ सय ३३ मध्ये निर्वाचनका बेला ६७ हजारको सूची मात्रै पेस गरेपछि गृह ५ हजार ७ सय ३३ प्रहरीको खोजीमा लागेको खबर शनिबारको नयाँ पत्रिका दैनिकमा   प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर