NewsKoseli.Com

‘जनसत्ता’ विवाद सरकारभित्रै उत्कर्षमा !

जनयुद्धकालमा नेकपा (माओवादी) ले स्थापना गरेको जनसत्ताले गरेका कामलाई वैधता प्रदान गर्ने विषयमा सरकारभित्रै मत बाझिएको छ ।

कर्णाली प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लाहरूमा जनसत्ताले गरेका जग्गासम्बन्धी लिखतलाई लिएर अहिले विवाद चर्किएको हो । सो समयमा माओवादी जनसत्ताको लिखतका आधारमा जग्गा किनबेच गरेका दुवै पक्षले दाबी गरेपछि विवाद बढेको छ ।

पाँच नम्बर प्रदेशको पूर्वी रुकुम र रोल्पामा जनसत्ताको विवाद उत्कर्षमा छ । कर्णाली प्रदेशको पश्चिम रुकुम र सल्यानमा पनि यो विवाद चुलिँदो छ ।

जनयुद्धकालमा आफैंले सञ्चालन गरेको जनसत्ताका निर्णयलाई अहिले प्रदेश सरकारबाटै कानुन निर्माण गरेर आधिकारिकता दिने पक्षमा माओवादी उभिएको छ । प्रदेश सरकारको नेतृत्व गरेको एमालेले भने जनसत्ताको लिखतलाई मान्यता दिने कानुन प्रदेश सरकारबाट निर्माण गर्न नसकिने बताइरहेको खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।


प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर