NewsKoseli.Com

९ दिनयता संवाद समेत छैन, ९ गते एकताको प्रचार !

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकताको तयारी सुस्ताएको छ । पार्टी एकताको विषयमा विगत नौ दिनदेखि दुई दलका नेताबीच संवाद समेत भएको छैन ।

पार्टी एकताको खाका तयार पार्न दुवै दलका नेता सम्मिलित दुई कार्यदलले केही विषय मिलाउन बाँकी राखेर प्रतिवेदन बुझाए पनि बाँकी विषय मिलाएर पार्टी एकता टुंग्याउने विषयमा दुवै दलका नेता गम्भीर देखिएका छैनन् । त्यस यता दुवै दलले आवश्यक छलफल तथा तयारीका लागि चासो देखाएका छैनन् ।

प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता घोषणा गर्ने तयारी गरेका दुई दलले एकीकृत पार्टीका कमिटीमा कुन दलबाट कति जना रहेर नेताहरुको व्यवस्थापन गर्ने, चुनाव चिह्न के राख्ने र जनयुद्धको विषयलार्इ कसरी समेट्ने भन्ने विवाद हल गर्न सकेका छैनन् ।

यसो हुँदा लेनिन जयन्ती एवं नेकपाको स्थापना दिवसका अवसरमा वैशाख ९ गते घोषणा हुने भनिएको दुर्इ पार्टीबीचको एकता सोही मितिमा सम्पन्न हुने कुरामा धेरैले आशंका गर्न थालेको खबर आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर