NewsKoseli.Com

सुराकी खर्च मात्रै वर्षमा २ करोड १७ लाख, त्यो पनि आफूखुसीमा…

आर्थिक वर्ष २०७३/७४ मा गृह मन्त्रालयले सुराकीमै २ करोड १७ लाख खर्च गरेको महालेखाको प्रतिवेदनले औंल्याएको छ ।

२२ वर्षअघिको मन्त्रिपरिषदको निर्णयका आधारमा गृहमन्त्री, गृहसचिव, प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशकले एक वर्षको अवधिमा २ करोड १७ लाख खर्च गरेका हुन् ।

गृह मन्त्रालयका अधिकारीका अनुसार सुराकी खर्चको नाममा गृहमन्त्री, सचिव र महानिरीक्षकले आफूखुसी खर्च गर्ने परिपाटी पछिल्लो समय बढ्दै आइरहेको छ ।

सुरक्षा अवस्था देखाएर उनीहरुले सो रकम आफूअनुकूल खर्चंदै आएको खबर आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

 

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर