NewsKoseli.Com

सांसदले किन मागे १०– १० करोड ?

सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १०–१० करोड पुर्‍याउन सरकारसँग माग गरेका छन् ।

कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कूल १० अर्ब २० करोड रकम बढाएर १८ अर्ब पुर्‍याउन उनीहरुले दबाव दिएका हुन् । सरकारले अघिल्लो संसद्अन्तर्गत प्रत्येक २४० निर्वाचन क्षेत्रमा ३ करोडका दरले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका नाममा ७ अर्ब २० करोड रकम विनियोजन गरेको थियो ।

यसबाहेक प्रत्येक सांसदले निर्वाचन क्षेत्र विकास कार्यक्रमका नाममा थप ५० लाख रुपैयाँ खर्च गर्न पाउने गरी ६०१ सदस्यका लागि ३ अर्ब ५० लाख रुपैयाँ पनि छुट्याइएको खबर आइतबारको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेलकाे बाइलाइनमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर