NewsKoseli.Com

६ दशकपछि दक्षिण कोरिया पुगे उत्तर कोरियाली शासक : सीमा क्षेत्रमा २ कोरियाबीच शिखर वार्ता

काठमाडौं, १४ वैशाख ।

 

दुई कोरियाबीच शिखर वार्ताका लागि उत्तर कोरियाका नेता किम जोङ उन झन्डै ६ दशकपछि दक्षिण कोरिया पुगेका छन् । दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन उनलाई स्वागत गर्न सीमावर्ती गाउँमा पुगेका ।

सन् २००७ पछि उत्तर र दक्षिण कोरियाली नेताहरूको पहिलो पटक शिखर बैठक सुरू भएको हो ।

सन् १९५३ मा दुई कोरियाबीचको युद्व अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम नै पहिलो उत्तर कोरियाली नेता हुन् ।

वार्ता सुरु गर्नुभन्दा पहिले उत्तर र दक्षिण कोरियाका नेताबीच दुई देशको सीमा क्षेत्रमा भेट गरेका थिए ।

उनीहरुले एक–अर्कासँग हात मिलाए, लगत्तै दुवै नेताहरूलाई परम्परागत कोरियाली सम्मान गारद दिइयो र दुई देशका राष्ट्रिय गान बजाइयो ।

दुई नेताबीच पनमुनजोमस्थित ‘पिस हाउस’ मा शिखर वार्ता हुनेछ । पनमुनजोमको सैन्य सीमारेखा पार गरेलगत्तै दुवै नेताले केही समयका लागि उत्तर कोरियाको सीमामा कदम राखे अनि दक्षिण कोरियामा बनेको ‘पिस हाउस’ तर्फ अघि बढे ।

कोरियाली सरकारी टेलिभिजनले सार्वजनिक गरेको एक भिडियोमा किम जोङ उनले सैन्य सीमारेखा पार गरेपछि दुवै नेता बच्चासँग देखिएका छन् ।

उत्तर कोरियाली नेता कार चढेर सीमासम्म पुगे, जहाँबाट उनी आफ्ना प्रतिनिधिमण्डलसँगै ‘पिस हाउस’ सम्म पैदल हिँडे ।

दक्षिण कोरियाका लाखौं मानिसले यो ऐतिहासिक क्षणलाई टेलिभिजनमा हेरे । यस भेटघाटको प्रत्यक्ष प्रसारण गरिएको छ ।

यस शिखर बैठकका क्रममा कोरियाली युद्धका कारण अलग भएका ६० हजार परिवारबारे पनि चर्चा हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी,  उत्तर कोरियामा राखिएका विदेशीको रिहाइबारे समेत शिखर बैठकमा चर्चा हुन सक्ने बीबीसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर