NewsKoseli.Com

तस्करीको सुन यसरी भित्रिन्छ नेपालमा…

 

नेपाल–भारत सुन तस्करीमा तीन तह रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । पहिलो तहका कारोबारी कतार, दुबई, हङकङ र तिब्बत तीन कमान्ड सम्हाल्छन् ।

उनीहरुले सुन नेपालको विमानस्थल वा भूभागमा ल्याइदिने मात्रै काम गर्छन् । दोस्रो तहका नेपाल बसेर सहयोगीमार्फत सुन भन्सार कटाउन सक्रिय हुन्छन् । दोस्रो तहमा खास भरिया वा मध्यस्थकर्ता हुन्छन्, उनीहरुको लगानी हुँदैन । उनीहरु स्थलमार्ग रसुवाहुँदै सुन काठमाडौं भित्र्याउने गर्छन् ।

हङकङ तथा कतार, दुबईबाट सुन ल्याउन फरकफरक समूह सक्रिय छन् । नेपाल प्रहरीले २०७१ मा तयार गरेका एक प्रतिवेदनअनुसार तेस्रो तहका कारोबारी भने काठमाडौं, वीरगन्ज, भैरहवा र सुनौली क्षेत्रमा क्रियाशील हुन्छन् । उनीहरुले काठमाडौं आइपुगेको सुन स्थलमार्ग हुँदै भारतीय कारोबारीलाई जिम्मा दिने खबर आइतबारको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

आजको विनिमय दर